यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आइएसपी अवार्ड वर्ल्डलिङ्कले पाएको छ।
कर्पोरेट क्लब नेपालले वर्ल्डलिङ्कलाई 'द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्सी' प्रदान गरेको हो।
निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिहरूको सम्मानमा यो अवार्ड दिने गरिएको बताइएको छ।
प्राध्यापक डा. फत्तबहादुर केसी अवार्डका लागि निर्णायक मण्डलको संयोजकको रूपमा रहेका थिए।
जसमा वुमन फर ह्युमन राइट्सका संस्थापक अध्यक्ष लिली थापा, पत्रकार बबिता बस्नेत, भुवन दाहाल, सफल पार्टनरका सिइओ ओषुतोश तिवारी, पत्रकार पुष्पराज आचार्य र आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा सदस्यको रुपमा रहेका थिए।
अवार्डका लागि व्यक्तिगत तथा संस्थागत डिजिटलाइजेसनमा वर्ल्डलिङ्कले देखाएको प्रतिवद्धता, ग्राहक संख्या, प्रयोग गरिएको प्रविधि, मर्मत सम्भार, अनलाइन भुक्तानीको विकल्प, शाखाहरूको संख्या, सेवाको पहुँच क्षेत्रलगायतलाई आधार बनाइएको थियो।
यसका साथै कर्मचारीको क्षमता अभिवृद्धिका लागि सञ्चालित तालिम, स्थानीय प्रतिभाको कदर, व्यवसायिक सामाजिक उत्तरदायित्व जस्ता विषय समेत अवार्डका लागि मूल्यांकन गरिएको थियो ।
देशभर कम्पनीका सात लाखभन्दा धेरै ग्राहक रहेका छन्।
जसमध्ये ९३ प्रतिशत घरायसी, दुई प्रतिशत साना व्यवसाय र एक प्रतिशत इन्टरप्राइज रहेका छन्।
वर्ल्डलिङ्कले हाल पाँच हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ।