एलेन मस्क नेतृत्वको माइक्रो ब्लगिङ साइट ट्विटरले थप कर्मचारी कटौती गरेको छ।
ट्विटर इंकले विश्व सामग्रीको मध्यस्थता र घृणायुक्त भाषण र उत्पीडन सम्बन्धी इकाईमा थप कर्मचारी कटौती गरेको हो।
एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्ममा हटाइएकाहरूमा एसिया–प्रशान्त क्षेत्रका लागि साइट अखण्डता प्रमुखको रूपमा हालसालै नियुक्त भएका नुर अजहर बिन अयोब र ट्विटरका राजस्व नीतिका वरिष्ठ निर्देशक एनालुइसा डोमिन्गेजसमेत छन् ।
ब्लुमबर्ग समाचारका अनुसार ट्विटरको एक दर्जन थप कटौतीले कम्पनीको डब्लिन र सिंगापुर कार्यालयका कामदारहरूलाई असर गरेको छ।
प्लेटफर्ममा गलत सूचना, विश्वव्यापी अपिल र राज्य मिडियामा नीति ह्यान्डल गर्ने टोलीका कामदारहरूलाई पनि हटाइएको छ।
यसैबीच ट्विटरमा सक्रिय प्रयोगकर्ताको संख्या ३० प्रतिशतभन्दा बढीले घट्नुका साथै गिरावट अझै जारी रहेको एपीले जनाएको छ।
पछिल्लो तथ्यांक अनुसार जनवरीको पहिलो साता करिब १८ लाख सक्रिय प्रयोगकर्ता घटेको ट्विटरमा डिसेम्बरको सुरूमै २५ लाखभन्दा कमीले घटेको थियो।