सिजी नेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको बताएको छ।
यस योजना अन्तर्गत १ हजार ४९ रुपैयाँमा २५० एमबिपिएस इन्टरनेट र १ हजार १५४ रुपैयाँ प्रति महिनामा २५० एमबिपिएस र आइपिटिभी प्रदान गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन्।
ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सिजी नेटले यो नयाँ पोस्टपेड योजना ल्याएको हो।
'पहिले सेवा पछि पैसा'को अवधारणाले सुरू गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने विशेष सेवा दिने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ। जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ।
साथै, फिर्ता गरिने गरी २ हजार ५०० रुपैयाँको धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने कम्पनीले बताएको छ।