यतिबेला देशभर नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ। मंगलबार दिउँसोको १२ बजेदेखि नेटवर्कमा समस्या देखिएको हो।
नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले अहिले कुनै पनि नेटवर्कमा कल गर्दा फोन नलाग्दै आफै काटिने समस्या छ। त्यस्तै मेसेज नजाने र डेटा पनि नचल्ने जस्ता समस्या देखिएका हुन्।
उक्त विषयमा बुझ्नको लागि टेलिकमसँग सम्पर्क गर्न खोज्दा यो पनि सम्भव भइरहेको छैन।