नेपालको भुक्तानी सेवा प्रदायक इ–सेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ।
यो सँगै इ–सेवाले हरेक प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको बताएको छ।
हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा कार्यालयसम्म आफ्नो उपस्थिती जनाएको इ–सेवाले आफ्ना सेवा र सुविधालाई अझ सुविधापूर्ण बनाउँदै अगाडी बढ्ने उद्देश्यका साथ क्षेत्रीय कार्यालय विस्तार गरेको हो।
प्रादेशिक कार्यालयकाे उद्घााटन जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी शाह र इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा गरेका हुन्।
अबदेखि मधेश प्रदेशका ग्राहक तथा एजेन्टहरूले सम्पूर्ण सेवा तथा सुविधा प्रादेशिक कार्यालयमार्फत सहज ढंगले प्रयोग गर्न पाउने कम्पनीको भनाइ छ।
देशभर एक लाख ६५ हजारभन्दा बढी एजेन्ट (इ–सेवा जोन तथा पोइन्ट) रहेको इ–सेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले सेवा लिइरहेका छन्।
इ–सेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको कम्पनीले बताएको छ।