नेपाली बजारमा भिभोले आफ्नो वाई सिरिजमा नयाँ फोन सार्वजनिक गरेको छ। कम्पनीले जम्मा १२ हजार चार सय ९९ रुपैयाँमा बजारको लागि वाई-०२ सार्वजनिक गरेको हो।
वाई-०२ विशेष युवा पुस्ताको लागि डिजाइन गरिएको स्मार्टोफोन हो। आकर्षक डिजाइनमा तयार पारिएको वाई-०२ मा लामो समयसम्म टिक्ने ५ हजार एमएएचको ब्याट्री प्याक दिइएको छ। त्यस्तै यो फोनमा २ जिबी र्याम र ३२ जिकी रोम स्टोरेज पाउन सकिन्छ। फोनको स्टोरेज एक टिबीसम्म विस्तार गर्न सकिन्छ।
वाई-०२ मा ६.५१ इन्चको एजडी प्लस डिस्प्ले छ भने इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि छ।
यसको २.५ डी स्लिम बडी डिजाइनले फोनलाई आकर्षक देखाउनका साथै हातमा बोक्दा पनि आरामदायी छ। यो स्मार्टफोन कस्मिक ग्रे र अर्किड ब्लू (निलो) गरी दुई रंग विकल्पमा उपलब्ध छन्।
वाई-०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘युवा उपभोक्ता लक्षित वाई सिरिजले बजारमा आफूलाई लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये स्थापना गरेको छ। नयाँ वाई-०२ मा रहेको पाँच हजार एमएएच ब्याट्री, अधिक स्टोरेज क्षेमता लगायत फिचरका कारण बजारमा राम्रो प्रदर्शन गर्ने अपेक्षा छ।’
भिभो वाई-०२ मिडियाटेक पी-२२ द्वारा सञ्चालित छ जसले उच्च प्रदर्शन र विश्वसनीयता प्रदान गर्छ।
वाई-०२ मा ८ मेगापिक्सलको रिअर क्यामेरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ। यसमा फेस ब्युटी र टाइम–ल्याप्स जस्ता सुविधाहरू पनि छन्।
नयाँ वाई-२ मा फेस वेक जस्ता विशेषता रहेको छ जसको मद्दतले फोन अनलक गर्न सहज हुन्छ। त्यस्तै यसमा भिभोको एक्सक्लुसिभ मल्टी टर्बो ५.५ छ, जुन खेलहरूमा ल्याग कम गर्न र कोर दृश्यहरूलाई अप्टिमाइज गर्नमा केन्द्रित छ।