इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को २२ औं साधारण सभा सम्पन्न भएको छ।
संघले सोमबार आयोजना गरेको उक्त सभामा नयाँ कार्यकारी अध्यक्षसहित ९ सदस्यीय कार्यकारी समिति चयन गरेको छ।
आइस्पानको अध्यक्षमा सुधिर पराजुली पुनः दोहोरिएका छन्। त्यस्तै संघको उपाध्यक्षमा मनोज अग्रवाल,महासचिवमा नविन कुमार श्रेष्ठ र कोषाध्यक्षमा पुष्कर बडाल चयन भएका छन्।
संघको सचिवका रुपमा भने सुरेन श्रेत्री र कार्यकारी सदस्यहरूमा कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य र सुजन थापा छन्। त्यसैगरी नयाँ कार्यकालको लागि सल्लाहकारहरूमा बिनय बोहारा, बिनय साउद र प्रमेश खरेल छन्।