सुरक्षित इन्टरनेट दिवस २०२३ को अवसर पारेर एनसेलले मंगलबारबाट साइबर सुरक्षासम्बन्धी जनचेतनामुलक भिडिओ सिरिज सुरू गरेको छ।
कम्पनीले 'मेरो इन्टरनेट, मेरो साइबर सुरक्षा' अभियान अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणको समेत सहयोगमा इन्टरनेट र साइबर सुरक्षा भिडियो सिरिज सुरू गरेको हो।
इन्टरनेट सेवाको प्रयोगकर्ता बढिरहेको हालको अवस्थामा यो भिडियो सिरिजले प्रयोगकर्तालाई अनलाइनमा कसरी सुरक्षित रहने भन्नेबारे जानकारी दिने कम्पनीको भनाइ छ।
इन्टरनेट सुरक्षा, साइबर बुलिङ, फिसिङ, डेटा गोपनीयता लगायत साइबर सुरक्षाका पछिल्ला समस्या बारे केन्द्रीत हुनेछन्।
एनसेलले ‘मेरो इन्टरनेट, मेरो साइबर सुरक्षा’ अभियान गत वर्षदेखि सुरू भएको हो।
यो कार्यक्रम अन्तर्गत बनाएका जनचेतनामुलक भिडिओ सामाग्रीहरू श्रंखलाबद्ध रूपमा एनसेलका सामाजिक सञ्जालमा उपलब्ध हुनेछन्।
यस सिरिज अन्तर्गतको पहिलो भिडियो मंगलबार सार्वजनिक भएको छ।
भिडियो हेर्न यहाँ क्लिक गनुहोस्ः