आइएमई डिजिटल सोलुसन र ललितपुर महानगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
सम्झौता अनुसार विद्युतिय कर भुक्तानीमा महानगरपालिकाले आइएमई डिजिटल सोलुसनको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्नेछ।
हालै सम्पन्न सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्थाबीच सो सहमति भएको हो।
सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका हुन्।
सो सेवा आइएमई पे एपमा लाइभ भएपछि ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरूले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर–बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्ने बताइएको छ।
नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउँदा आइएमई पेले खुशी भएको जनाएको छ।