कम्प्युटर तथा ल्यापटपको विभिन्न अतिरिक्त सामग्रीहरू (एसेसोरिज) बिक्री गर्दै आएको जियो नेपालले यतिबेला निःशुल्क ल्यापटप सर्भिसिङ सेवा उपलब्ध गराउँदैछ।
कम्पनीले भृकुटीमण्डपमा जारी २८ औं क्यान इन्फोटेक-२०२३ को प्रदर्शनी मेलामा यो सेवा दिइरहेको छ।
सेवाग्राहीहरूले १५ देखि २० मिनेटभित्र आफ्नो ल्यापटप सर्भिस गराउन सक्ने कम्पनीका सञ्चालक कमल रेग्मीले जनाए।
'हालसम्म उत्साहजनक सहभागिता र प्रतिक्रिया पाइरहेका छौं,' उनले भने, 'आइतबारसम्म इच्छुक सेवाग्राहीहरूले आफ्नो ल्यापटप यहाँ ल्याएर नि:शुल्क सर्भिसिङ गराउन सक्नुहुनेछ।'
उनका अनुसार प्रयोगकर्ताहरूले ६/६ महिनामा ल्यापटप सर्भिसिङ गराउँदा ल्यापटपको अवस्था बुझ्नुका साथै आयु बढाउन पनि मद्दत गर्छ।
जियो नेपालले कम्प्युटर तथा ल्यापटपको लागि एसएसडी, एचडिडी, र्याम, गेमिङ आरजिबी, फ्ल्यास ड्राइभ, मदरबोर्ड, ब्याट्रीदेखि किबोर्ड लगायत एसेसरिज बिक्री गर्दै आइरहेको छ।
त्यस्तै यहाँ म्याकबुक ग्लास, म्याक स्क्रिन, एडप्टर, वेबक्यामेरा, वाइफाई कार्ड, एन्टिना केबल, एफएफसी केबल, हेडफोन, एचडिएमआई केबल लगायत सामग्री पनि पाइन्छ।
जियो नेपाल 'नेटाक' ब्रान्डको लागि आधिकारिक वितरक हो। कम्पनीले यसका साथै ओइएमको सामग्रीहरू बिक्री गर्दैछ।
मंगलबारदेखि जारी क्यान इन्फोटेक प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन्।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ।