सामसङले लोकप्रिय टप–टायर फोल्डेबल फोन फेरि नेपाली बजारमा सार्वजनिक गरेको छ।
लामो समयदेखि सामसङका फोल्डेबल फोन नेपाली बजारमा पाइन छाडेको थियो।
कम्पनीले सासमङका ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्स जेड फोल्ड ४ नेपाली बजारमा उपलब्ध गराएको हो।
लामो पर्खाइपछि सामसङको अन्य उत्पादनहरूसँगै हालसालै बजारमा उपलब्ध भएको कम्पनीको भनाइ छ।
फोल्डेबल फोनसँगै कम्पनीले विभिन्न अफरहरू पनि सार्वजनिक गरेको छ।
ग्यालेक्स जेड फोल्ड४ खरिद गर्दा त्यसमा १० हजार रुपैयाँ थप गरेमा ४९ हजार रुपैयाँ मूल्य पर्ने नयाँ ४६ मिमिको ग्यालेक्सी वाच४ क्लासिक पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।
जसबाट ग्राहकलाई ३९ हजार रुपैयाँ बचत हुने कम्पनीले बताएको छ।
यसैगरी, ग्यालेक्सी जेड फ्लिप४ खरिद गर्दा त्यसमा ५ हजार रुपैयाँ थप गरेमा २७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने ग्यालेक्सी बड्स२ प्रो अफरमा पाउने कम्पनीले बताएको छ।
जसबाट ग्राहकलु २२ हजार ९९९ रुपैयाँ बचत गर्न सक्नेछन्।
जेड सिरिजले बजारमा उपलब्ध गराएका फोनहरुमा मुख्य फोल्डेबल फोन बनेर पहिले नै एक क्रान्तिकारी अवधारणा स्थापित गरिसकेको र यो अफर खास गरेर प्रेमिल महिनाको रुपमा चर्चित फेब्रुअरीलाई लक्षित गरेर प्रदान गरिएको कम्पनीले जनाएको छ।
उक्त अफर फेब्रुअरी महिनाभरको लागि अर्थात् २८ तारिखसम्म लागू हुने कम्मपनीले बताएको छ।