एप्पलले आइफोन १४ सिरिजको आइफोन १४ र १४ प्लसमा नयाँ मोडल सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार पहेँलो रंगमा आइफोन १४ र आइफोन १४ प्लस सार्वजनिक गरेको हो।
नयाँ मोडलको आइफोन १४ र १४ प्लसमा टिकाउ सेरेमिक शिल्ड फ्रन्ट कभर दिइएको छ भने दीगो प्रदर्शनी र सहज मर्मतको लागि यसको आन्तरिक डिजाइन अपडेट गरिएको छ। यसबाहेक यी मोडलहरूको ब्याट्री क्षमता पनि अपग्रेड गरिएको छ।
कम्पनीका अनुसार नयाँ मोडलको आइफोन १४ र १४ प्लस आगामी शुक्रबारदेखि अमेरिकी बजारको लागि प्रि-अर्डर उपलब्ध गराइनेछ। अर्को साताको मंगलबारदेखि भने यसको खरिद-बिक्री सुरू हुनेछ।
हाल बजारामा आइफोन १४ सिरिजका फोनहरू कालो, रातो, स्टारलाइट, निलो र बैजनी रंग विकल्मा उपलब्ध छन्।
ग्राहकहरूको माग र आकर्षणको लागि गत वर्ष पनि कम्पनीले आइफोन १३ को सिरिज हरियो रङमा सार्वजनिक गरेको थियो । त्यस्तै सन् २०२१ मा पनि कम्पनीले आइफोन १२ सिरिज बैजनी रंगमा सार्वजनिक गरेको थियो।
कम्पनीले आइफोन १४ र १४ प्लस नयाँ रंगमा मात्रै सार्वजनिक गरेको हो। यसबाहेक कम्पनीले यसको डिजाइनहरूमा कुनै परिवर्तन गरेको छैन। आइफोन १४ मा ६.१ इन्च र आइफोन १४ प्लसमा ६.७ इन्चको डिस्प्ले दिइएको छ। यसबाहेक फोन पानी र धुलो प्रतिरोधक छ भने यसमा स्मार्टफोन ग्लास दिइएको छ। दुवै नयाँ मोडलमा डुअल क्यामेरा दिइएको छ।
आइफोन १४ र आइफोन १४ प्लसको कभर पनि पहेँलो, ओलिभ रंग, निलो र आइरिस रंग विकल्पमा सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।