चिनियाँ मोबाइल कम्पनी हुवावेले ‘अनर नाइन’ मोडलको फोन यसै महिना सार्वजनिक गर्ने बताइएको छ।
गत महिना नै बजारमा आउने भनिएको यस फोनको हालै एक प्रेस रिलिज सार्वजनिक भएको छ जस अनुसार यस फोन जुन महिनाको १२ गते लन्च हुनेछ। फोन ५।२ इन्च एचडी स्क्रिन तथा एन्ड्रोइड नोगट भर्सनमा उपलब्ध हुने बताइएको छ।
त्यस्तै, ४ तथा ६ जीबीको र्याम भेरियन्ट समावेश हुने फोनमा ६४ जीबी इन्टरनल मेमोरीसँगै ३१०० एमएएचको ब्याट्री रहने भनिएको छ। यस फोनमा २० मेगापिक्सेलसहित १२ मेगापिक्सेलको सेन्सर ड्अल क्यामेरा तथा ८ मेगासपिक्सेलको सेल्फी क्यामेरा रहने बताइएको छ।