जानकी टेकनोलोजी प्रा. लि. ले डिजिटल वालेट ‘खल्ती’ सार्वजनिक गरेको छ। कारोबारलाई नगदरहित र पारदर्शी बनाउने उद्देश्यले यस्तो वालेट ल्याइएको कम्पनीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले जानकारी दिए।
मोबाइल नम्वरका आधारमा रजिष्टर गरी यसको सदस्यता लिन सकिने उनले जानकारी दिए। ई बैंकिङको सेवा लिइरहेका र नलिएकाले पनि खल्ती वालेटमार्फत कारोबार गर्न सक्ने मोदीले बताए।
‘ई बैंकिङ सेवा लिएकालाई त समस्या नै भएन, नलिएकाले पनि बैंकहरुमा हाम्रो भौचर हुन्छ, त्यो भौचर भरेर, त्यसैमार्फत चाहेको कारोबार गर्न सक्छन्’ उनले भने।
इन्टरनेटको बिल भुक्तानी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको टिकट, मुभी टिकेट लगायत धेरै सेवाहरु यस वालेटको प्रयोगबाट लिन सकिन्छ।
यसरी वालेट लिइसकेपछि विभिन्न सेवाका लागि नगद पैसा बोक्नु पर्दैन, अर्थात मोबाइलमार्फत नै विभिन्न सेवाहरु पाइन्छ। ‘भारतसहित विश्वका विकसित देशहरुमा समेत वालेट प्रयोग बढ्दै गएको सन्दर्भमा नेपालमा पनि यसको प्रयोग बढ्नेमा हामी आशावादी छौँ’ मोदीले भने।
यसकाे लागि सबैभन्दा पहिले खल्तीकाे
वेबसाइटमा गएर खाता खाेल्नुपर्छ। त्यसपछि
एन्ड्राेइड एप डाउनलाेड गरेर सहजै काराेबार गर्न सकिन्छ।