सामसङको फ्ल्यागसिप अन्तर्गतको ‘नोट एट’ फोनको प्रतिक्षा उसका प्रयोगकर्ता तथा शुभचिन्तकमाझ निकै देखिन्छ।
तर प्रतिष्ठित साइट भेन्चरबिट लगायतले तयार पारेका रिर्पोटहरुले यस अघि बताइए भन्दा महँगो तथा ढिलो गरेर मात्र स्मार्टफोन सार्वजनिक हुने उल्लेख गरेका छन्।
रिर्पोटले यस स्मार्टफोन सामसङका अन्य फोन भन्दा हालसम्मै महँगो हुने दाबी गरेका छन् जसको मूल्य ९ सय ९९ युरो अर्थात करिब १ लाख १५ हजार रुपैंयाँ पर्न आउने छ।
यो फोन भदौ अन्तिमसम्ममा लन्च हुने भेन्चरबिटले जनाएको छ।
यस स्मार्टफोन सामसङको पहिलो ड्युल रियर क्यामेरा भएको फोन हुने बताइएको छ जसमा १२ मेगापिक्सेलको दुई रियर क्यामेरा तथा ३३०० एमएएचको ब्याट्री हुनेछ।
फोनमा ६.३ इन्च एचडी डिस्प्लेसहित एन्ड्रोइड नेगाट भर्सन र अक्टाकोर स्नापड्रागन ८३५ प्रोसर समावेश हुने रिर्पोटले जनाएको छ।