फेसबुकको रङ निलो छ। यो यसै निलो राखिएको नभइ फाउन्डर मार्क जुकरवर्गको आँखाको समस्याका कारण छानिएको रङ हो।
जुकरवर्गलाई कलर ब्लाइन्डनेसको समस्या छ। उनले एक अन्तर्वार्तामा आफूले हरियो र रातो रङ नदेख्ने र निलो सबैभन्दा सहज हुनाले यही राखेको बताएका हुन्।
फेसबुक सुरुदेखि नै एकै रङमा छ । जुकरवर्ग यसलाई जतिसक्दो सादा बनाउन चाहन्थे।
हाल विभिन्न प्रविधिमार्फत प्रयोगकर्ताले फेसबुकको आंशिकरूपमा रङ परिवर्तन गर्न सक्ने सुविधा छ।