चिनियाँ मोबाइल उत्पादक कम्पनी मेजुले नयाँ बजेट फोन ‘ए फाइभ’ सार्वजनिक गरेको छ।
कम्पनीले सार्वजनिक गरेको यस फोनमा ५ इन्चको डिस्प्लेसहित १.३ गिगाहर्ज क्वाड्कोर प्रोसेर समावेश गरिएको छ।
यस फोन २ जीबी र्याम तथा १६ जीबीको इन्टरनल स्टोरेजमा उपलब्ध छ।
८ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको फोनमा ३०६० एमएएचको ब्याट्री समावेश गरिएको छ।
चिनिया बजारमा ६ सय ९९ चाइनिज युवान् अर्थात १० हजार ६ सय रुपैंयाँ निर्धारण गरिएको यस फोन नेपाली बजारमा भने आइसकेको छैन्।