सामसुङले आफ्नो ग्यालेक्सी सिरीजको नयाँ फोन बजारमा ल्याएको छ। कम्पनीले जे ५ प्रो स्मार्टफोन ल्याएको हो जुन ग्यालेक्सी जे ५ को अपग्रेडेड संस्करण हो।
यो नयाँ फोन हाल थाइल्याण्डमा लन्च गरिएको हो र यसको मूल्य करिब ३१ हजार रूपैयाँ पर्छ।
पहिलेको मोडलको तुलनामा जे ५ प्रो मा खास केही नयाँ विशेषता भने छैन। यसमा मात्र र्याम र स्टोरेज बढाइएको छ। बाँकी सबै फिचर पहिलेकै झैं छन्।
जे ५ मा २ जीबी र्याम र १६ जीबी इन्टरनल मेमोरी थियो भने जे ५ प्रो मा ३ जीबी र्याम र ३२ जीबी इन्टरनल मेमोरी छ।
मेटल डिजाइन र फिंगरप्रिन्ट सेन्सर भएको यो फोनले एन्ड्रोइड नगेट अपरेटिङ सिस्टममा काम गर्छ। दुईवटा सिम लाग्ने यो फोनमा ५.२ इन्चको स्क्रिन छ। यसमा १.६ गीगाहर्ज एक्सीनस ७८७० अक्टाकोर प्रोसेसर छ र २५६ जीबीसम्म मेमी बढाउन मिल्छ। अगाडि र पछाडि दुवै तिर १३ मेगापिक्सेल क्यामरा भएको यो फोनमा ३००० एमएएच पावरको ब्याट्री छ।