स्न्यापच्याटले नयाँ फिचर ल्याएपछि निकै विवाद भएको छ। यसको नयाँ फिचरको माध्यमबाट आफ्नो कुनै पनि स्न्यापच्याट साथीले 'रियल टाइम लोकेशन' ट्रयाक गर्न सक्नेछन्। साथै आफूले पनि साथीहरूको लोकेशन र गतिविधी ट्रयाक गर्न सकिनेछ।
स्न्याप म्यापले लोकेशन, यात्रा गति र फोन प्रयोगलाई ट्रयाक गरी प्रयोगकर्ता कहाँ छ भन्ने पत्ता लाउँछ। यो जानकारी स्न्यापच्याटले साथीसँग इन्टर्याक्टिभ म्यापमा सेयर गरिदिन्छ। फोनको क्यामरा खोल्ने बित्तिकै आफू भएको स्थान यसले देखाउँछ।
तर यो फिचरका कारण असुरक्षा बढेको टिप्पणी आएका छन्। बच्चा तथा युवाले यो फिचर अत्यधिक प्रयोग गर्न थालेकाले असुरक्षा बढेको धेरै अभिभावकले गुनासो गरेका छन्। यो फिचर बन्द गर्न उनीहरूले अपील गरेका पनि समाचारमाध्यमले जनाएका छन्।