एप्पलले डेनमार्कमा नयाँ डाटा सेन्टर निर्माण गर्ने भएको छ। कम्पनीले २९१ मिलियन अमेरिकी डलर खर्च गर्दै पूर्णरुपमा नवीकरणीय उर्जामा चल्ने डाटा सेन्टर बनाउन लागेको हो।
सन् २०१९ को मध्यदेखि संचालनमा आउने आशा गरिएको यो सेन्टरबाट कमपनीको अनलाइन सेवा (आइम्यासेज, सिरी, म्याप्स र एपस्टोर) को काम हुनेछ।
डेनमार्कमा डाटा सेन्टर विस्तार गर्न पाउँदा निकै उत्साहित भएको र यो पूर्णरुपमा नविकरणीय उर्जामा संचालन हुने एप्पलका नर्डिक म्यानेजर एरिक स्ट्यान्नोले बताएका छन्।
यो डाटा सेन्टर जर्मनीको बोर्डर नजिकै आबेन्रामा स्थापना हुनेछ।
एप्पलले सन् २०१५ मै आयरल्याण्डको एथेन्रीमा डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको थियो। तर, यसले कानूनी स्वीकृति अझै पाएको छैन।