ह्वाटस्एपले नयाँ फिचर ल्याउने भएको छ। कम्पनीले 'युट्यूब विन्डोज' लाई सिधै प्रयोगकर्ताको च्याट विन्डोमा हेर्न मिल्ने फिचर ल्याउने भएको हो। हाल यो फिचर परीक्षणमा छ।
कसैले ह्वाट्सएपमा कुनै युट्यूब भिडियो पठाउँदा त्यसलाई हेर्न प्रयोगकर्ताले त्यसमा ट्याप गर्नपर्ने हुन्छ। त्यस्तोमा उक्त भिडियो सोही च्याटबक्समा प्ले हुन्छ। ट्याप गर्दा फोनमा छुट्टै युट्यूब एप लन्च हुँदैन।
यति मात्र नभएर जब यो भिडियो प्रयोगकर्ताको च्याट विन्डोमा प्ले हुन्छ तब त्यसलाई जूम पनि गर्न सकिनेछ। यसलाई फुलस्क्रिन मोडमा पनि लान सकिन्छ र चलिरहेको प्लेब्याक हटाएर त्यही च्याटका अन्य म्यासेज पनि पढ्न सकिन्छ। तर, कुनै एक च्याटमा भिडियो हेरिदैंछ भने त्यसलाई बन्द नगरी अर्को च्याटमा भने जान सकिन्न।
परीक्षण सफल हुनासाथ कम्पनीले यो फिचर लन्च गर्ने बताइएको छ।