फेसबुक चलाउँदा हामी धेरै समाचार तथा लेख-रचना पढिरहेका हुन्छौं। यसका लागि हामीले कुनै शुल्क तिरेका हुँदैनौं र हालसम्म तिर्न परेको पनि छैन।
तर, अब फेसबुकले लेख-रचना पढ्दा प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने व्यवस्था चाँडै गर्नसक्नेछ।
कम्पनीले कुनै पनि समाचारमाध्यमले फेसबुकमा पोस्ट गरेका लेखहरु पढ्न र सेयर गर्न शुल्क तिर्नुपर्ने व्यवस्थामा धमाधम काम गरिरहेको छ।
न्युयोर्क टाइम्समा उल्लेख भएको समाचार अनुसार गत मंगलबार कम्पनीद्वारा आयोजित पत्रकार सम्मेलनमा फेसबुकका एक विभागीय प्रमुख क्याम्पबेल ब्राउनले यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार कम्पनीले हाल समाचार संस्थाहरुको ‘सबस्क्रिप्सन’ का लागि यो व्यवस्था गर्न लागिएको हो। तत्काललाई कुनै प्रकाशकका १० वटा लेख-रचना फेसबुक मार्फत् पढिसकेपछि पाठकले पैसा तिर्नुपर्ने व्यवस्था गरिन लागिएको ब्राउनले बताएका छन्।
ब्राउनले दिएको जानकारीअनुसार यसका लागि फेसबुकले प्रकाशकहरुसँग प्रारम्भिक छलफल पनि सुरु गरिसकेको छ। चाँडै नै कम्पनीले यसको परीक्षण गर्ने जानकारी दिएको छ।
प्रकाशकहरुले केही समय अघिदेखि नै फेसबुकसँग यस्तो सुविधा माग गरिरहेका थिए। अहिले समाचार र लेखरचनाहरु सबैभन्दा बढी फेसबुक मार्फत् नै पाठकले पढ्ने हुनाले आफूहरुलाई राजस्वमा घाटा भएको उनीहरुको भनाइ थियो।
सका लागि फेसबुकले ‘सबस्क्रिप्सन’ को सुविधा उपलब्ध गराउन उनीहरुले माग गरेका थिए।