अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले भारतमा आइफोन उत्पादन गरेको छ। कम्पनीले हालै आफ्नो सानो र सस्तो मोडल ‘आइफोन एसइ’ भारतमै उत्पादन गरी त्यहीँको बजारमा बिक्री पनि सुरु गरिसकेको छ।
सीमित संख्यामा उत्पादित ‘आइफोन एसइ’ भारतका केही निश्चित एप्पल स्टोरमा मात्र उपलब्ध भएको बतााइएको छ। यो फोनको मूल्य ४३ हजार ५ सय २० रुपैयाँ तोकिएको छ।
एप्पलले भारतमा उत्पादन गरेको आइफोन एसइको खास विशेषता भनेको यसको स्टोरेज क्षमता हो। यो ३२ जीबी स्टोरेज क्षमताको छ। यसको बाकसमा क्यालिफोर्नियामा डिजाइन र भारतमा ‘एसेम्बल’ गरिएको भनी लेखिएको भारतीय समाचारमाध्यमले जनाएका छन्।