युट्यूबमा चाँडै नै नयाँ परिवर्तन आउने भएको छ। यसमा भएका दुई फिचर हट्ने भएका छन्।
प्रविधि सम्बन्धीका समाचारमाध्यमले उल्लेख गरेअनुसार युट्यूबमा भएको एडिटर फिचरहरु हटाउने घोषणा कम्पनीले गरेको छ।
युट्यूबबाट भिडियो एडिटर र फोटो स्लाइड टूल्स हटाइनेछ। यी फिचरहरु आगामी सेप्टेम्बर २० तारिखसम्म मात्र चलाउन सकिनेछ।
यी फिचरहरुको उपयोगिता र प्रयोग कम हुँदै गएकाले हटाइन लागेको कम्पनीको भनाइ छ।
यी फिचर हटेपनि, पहिले पोस्ट भएका भिडियोमा भने कुनै फरक नपर्ने युट्यूबले ग्यारेन्टी समेत दिएको छ।