सामाजिक संजाल फेसबुकको आम्दानी अहिले ह्वात्तै बढेको छ।
विश्व जनसंख्याको करिब एक चौथाई प्रयोगकर्ताले चलाउँदै आएका फेसबुकको आम्दानी ७१ प्रतिशतले बढेको हो।
सको आम्दानी विज्ञापनका कारण बढेको हो। प्रयोगकर्ताको संख्या बढेसँगै विज्ञापनदाता कम्पनीहरू फेसबुकतर्फ आकर्षित भएका हुन्।
सक्रिय प्रयोगकर्ताको संख्या बढ्दै जाँदा गत अप्रिलदेखि जुनसम्म तीन महिनाको अवधिमा फेसबुकको आम्दानी ९.३ अर्ब डलर पुगेको थियो।
दुई अर्ब सक्रिय प्रयोगकर्ता भएका फेसबुकले नाफा मात्र ३ अर्ब डलर कमाउन सफल भएको छ।
फेसबुकले आफ्ना अन्य सामाजिक संजाल इन्स्टाग्राम र ह्वाट्एपमार्फत् पनि विज्ञापन आकर्षित गर्ने सम्भावना खोजिरहेको छ।