एनसेलले दोब्बर सापटी योजना ल्याउने भएको छ। साउन १६ गते अर्थात भोलि सोमबारबाट दोब्बर सापटी योजना ल्याउन लागेको एनसेलले जनाएको छ।
एनसेल सापटी ५ वर्ष पुगेको अबसरमा नयाँ योजना ल्याइएको हो।
नयाँ योजना अन्तर्गत गत एनसेलबाट सापटी माग्दा दोब्बर आउने छ। अहिले एनसेलबाट कम्तिमा ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म सापटी लिन सकिनेछ। योजनाहरुका बारेमा एनसेलले प्रेस विज्ञप्ति निकालेर थप जानकारी दिने तयारी गरिरहेको छ।
सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिने छ । प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवाप्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।
एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ ।