अमेरिकी कम्पनी एप्पलले अब दक्षिण कोरियाली कम्पनी एलजीमा लगानी गर्ने भएको छ। कम्पनीले आइफोनको डिस्प्ले (ओएलइडी) का लागि एलजीमा २ अर्ब ७० करोड डलर लगानी गर्ने भएको 'इन्भेस्टर' ले जनाएको छन्।
'इन्भेस्टर' मा उल्लेख भएअनुसार यो रकम अग्रिम भुक्तानीका रुपमा लगानी गरिएको हो।
रिपोर्टका अनुसार एप्पलको तर्फबाट ३० हजार वटा प्यानलको अर्डर हुनसक्नेछ। सन् २०१९ देखि सबै आइफोनमा ओएइडी डिस्प्ले हुने भनिएकोमा एलजीले मासिक ४५ हजार वटा प्यानल उपलब्ध गराउने बताइएको छ।
यसअघि एप्पललाई ओएलइडी डिस्प्ले आपूर्ति गराउने सामसुङ मात्र एक कम्पनी थियो। अब भने एलजीको पनि यसमा हिस्सा रहने छ। यो निणर्यबारे हालसम्म एप्पल र एलजीले आधिकारीक जानकारी दिएका छैनन्। सामसुङलाई भने यसले ठूलै झट्का दिने अनुमान छ।
यस वर्ष आइफोनले आफ्नो दशौं वार्षिकोत्सव मनाउँदैछ। आगामी सेप्टेम्बरमा आइफोन ८ आउँदैछ जसमा पहिलेका मोडलका तुलनामा धेरै नयाँ विशेषता तथा सुविधा उपलब्ध हुनेछन्।