गुगलले एन्ड्रोइडको नयाँ अपरेटिङ सिस्टम ‘ओ’ को सम्पूर्ण तयारी पूरा गरेको छ।
कम्पनीले केही समयअघि देखि नै एन्ड्रोइड ‘ओ’को परीक्षण संस्करण सार्वजनिक गर्दै आएको थियो।
हालै कम्पनीले यसको चौथो र सम्भवतः अन्तिम संस्करण सार्वजनिक गरेको छ। यही चौथो संस्करण नै अन्तिम हुने बताइएको छ। यसको डेभ्लपर प्रिभ्यू पनि लन्च गरिएको छ।
एन्ड्रोइड ‘ओ’ मा थुप्रै नयाँ सुधार गरिएको प्रविधि सम्बन्धी समाचारमाध्यमले जनाएका छन्। यसले फोन वा ट्याब्लेटको ‘पफर्मेन्स’ र ब्याट्री लाइफ बढाउनेछ।
यसमा स्क्रिनमा अगाडि देखिने घडीको आकार सानो बनाइएको छ।
यसमा देखिने मिति पनि अब साना अक्षरमा आउनेछन्।
स्टाटस बारमा ब्याट्रीको आकार अलि ठूलो देखिनेछ।
एन्ड्रोइड ८.० को लोगोमा अक्टोपस देखाइएको छ। त्यसैले ‘ओ’ को पूरा रुप अक्टोपस भनिदैं आएको छ।
गुगलले पहिलेका प्रायः सबै संस्करण मिठाइका नामबाट राख्दै आएको थियो। यसपटक भने अलग छ। यो अगस्टमा रिलिज गरिनेछ।