नोकिया स्मार्ट फोनको आधिकारिक वितरक पारामाउन्ट इलेक्ट्रोनिक्स्मार्फत विभिन्न फोन बजारमा भित्र्याएको छ। पारामाउन्ट इलेक्ट्रोनिक्स् कम्पनीले नेपाली बजारमा नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्ट फोन र नोकिया ३३१० उपलब्ध गराएको छ।
नोकिया ३ मोवाइल ५.० इन्च एच्डी डिसप्लेको रहेको छ । यसमा क्वाडकोर १.३ गीगाहर्ज, २ जीवी ¥याम, १६ जीवी इन्टरनल स्टोरेज रहेको छ । यसमा ८ एमपीको रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा, प्योर एन्ड्रोइड न्युगट ओ.एस ७.० र २६३० एम.ए.एच् ब्याट्री राखिएको छ। नोकिया ३ को बजार मूल्य १५ हजार ६ सय ५० राखिएको छ।
नोकिया ५ मोवाइल ५.२ इन्च एच् डी डिस्प्ले, क्वालाकम स्नापड्रागन ओक्टा कोर १.४ गीगाहर्ज, २ जीवी ¥याम, १६ जीवी इन्टरनल स्टोरेर्ज, पुर्ण एल्मुनियम बडी भएको हुनेछ । यसमा पनि १३ एमपीको रियर क्यामेरा, फ्रिङ्गर प्रिन्ट स्क्यानर र ८ एमपीको फ्रन्ट क्यामेरा रहेको छ । यसमा प्योर एनड्रोइड न्युगट ओ एस् ७.१.१ र ३ं००० एम.ए.एच् ब्याट्री राखिएको छ । नोकिया ५ को मूल्य २१ हजार ३ सय ५० रुपैंयाँ तोकिएको छ।
त्यस्तै, नोकिया ६ मा ५.५ इन्च पmुल एच्डी डिस्प्ले, स्नापड्रागन ४३० चिपसेट,ओक्टा कोर १.४ गीगाहर्ज, ३ जीवी ¥याम, ३२ जीवी इन्टरनल स्टोरेज रहेको छ । यसको पुर्ण एल्मुनियम बडीले गर्दा यो निकै आकर्षक देखिन्छ । यसमा ८ एमपी फ्रन्ट क्यामेरा र १६ एम.पी. रियर क्यामेराका साथ फ्रिङ्गर प्रिन्ट स्क्यानर, प्योर एण्ड्रोइड न्युगट ओ्एस् ७.१.१ र ३००० एमएएच् व्याट्री छ। नोकिया ६ को मूल्य २५ हजार ६ सय निर्धारण गरिएको छ ।
४ वर्षको अन्तराल पछि नोकियाले पुनः आगमन घोषणा गरे लगत्तै विश्वव्यापी रुपमा नोकिया फोनको माग बढेको छ । नोकियाले नोकिया ८ पनि नेपाली बजारमा ल्याउने समेत जनाएको छ।