एपबजारमा अहिले साउदी अबरको ‘सराहा’ एपले तहल्का मच्चाइरहेको छ। गत फेब्रुअरीमा सार्वजनिक भएको ‘सराहा’ एप ३० करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ।
बिबिसका अनुसार गत महिना यो ‘सराहा’ एप्पल आइओएस एप स्टोरमा शीर्षस्थानमा रह्यो। इजिप्टमा २५ लाख, ट्यूनिसियामा १७ लाख र साउदीमा १२ लाख पटक यो डाउनलोड भयो।
सराहा एक म्यासेजिङ एप हो। यो चलाउन एकदमै सहज छ।
प्रयोगकर्ताले साथीलाई आफ्नो नाम (यूजरनेम) दिएपछि उनीहरुले अज्ञात म्यासेज पठाउन सक्छन्। जबसम्म म्यासेज पठाउनेले पाउनेको नाम त्यहाँ समावेश गर्दैन, तबसम्म ति म्यासेजको जवाफ पठाउन सकिदैंन। र, कसले पठाएको हो भन्ने पनि थाहा हुँदैन। जवाफ पठाउन पनि नसकिने र पठाउने को हो भन्ने पनि थाहा नहुने हुनाले यो एप तीव्र गतिमा फैलिएको प्रविधि विश्लेषकहरूको भनाइ छ।
रातारात तहल्का मच्चाउँदै ३० करोडभन्दा बढीले डाउनलोड गरेको ‘सराहा’ व्यवस्थापन भने तीन जनाले गर्छन्।
साउदीका २९ वर्षीय जेन अल–अबीदीन तौफिकले ‘सराहा’ बनाएका हुन् शाब्दिक अर्थ इमान्दारी भन्ने हुन्छ।
प्रयोगकर्ताले एप मनपराऊलान् भन्ने आशा भएपनि यस्तरी बजार पिट्ला भन्ने नसोचेको उनले बताएका छन्। उनले एक हजार पटक जति डाउनलोड होला भन्ने मात्र आशा गरेका तर, गुगल प्लेस्टोरमै यो ५० लाखभन्दा बढी पुगिसकेको बताए।
यसले कसैलाई आफ्नो नाम उल्लेख नगरी सल्लाह तथा सुझाव दिन मद्दत गर्ने तौफिकको भनाइ छ।