इन्टरनेट बिना अब संसार अकल्पनीय भइसकेको छ। विभिन्न देशले इन्टरनेट विस्तार गर्न धेरै ठूलो लगानी र पूर्वाधार विकास गरिरहेका छन्। यसका बावजुद कतिपय देश अझै गुणस्तरीय इन्टरनेट सेवा दिन सफल छैनन्।
अन्तर्राष्ट्रिय स्तरमा ब्रोडब्याण्डको गति मापन गर्ने एजेन्सी उक्लाले सबैभन्दा तेज मोबाइल इन्टरनेट सेवा दिने देशको सूची सार्वजनिक गरेको छ। सूचीअनुसार विश्वमै सबैभन्दा द्रुत मोबाइल इन्टरनेट सेवा नर्वेले दिन्छ। पछिल्लो १३ महिनामा नर्वे ११ स्थान उक्लदैं पहिलो नम्बरमा पर्न सफल भएको हो।
नर्वेको इन्टरनेट गति प्रतिसेकेण्ड ५२.६ मेगाबाइट छ।
द्रुत मोबाइल इन्टरनेट दिने पाँच देश यी हुन्।
१. नर्वे
२. नेदरल्याण्ड्स
३. हंगेरी
४. सिंगापुर
५. माल्टा