फेसबुकमा एकै फन्ट हुन्छ। कहिलेकाँही हामीलाई आफ्नो स्टाटस अलग फन्टमा लेख्ने इच्छा लाग्छ। यसका लागि कहाँ गएर के गर्न भन्ने थाहा नहुन सक्छ।
स्टाटसको फन्ट बदल्न यहाँ जानेः
आफ्नो स्टाटस लेख्दा फन्ट अलग होस् भन्ने चाहनेहरुले
यो पेजमा गएर त्यसमा आफूले पोस्ट गर्ने स्टाटस लेख्ने। आफूलाई मनपरेको फन्ट छान्ने। त्यसपछि जुन फन्ट छानेको हो कपी गरेर फेसबुकको स्टाटस बक्समा पेस्ट गर्ने। यो फन्ट फेसबुक च्याटमा पनि प्रयोग गर्न सकिन्छ।
फेसबुक लोकेसन अफ गर्नः
फेसबुकले आफूलाई ट्रयाक नगरोस् वा लोकेसन थाहा नपाओस् भन्ने चाहनेहरुले फेसबुक डिस्कनेक्ट डाउनलोड गर्न सक्नेछन्। यसले गुगल क्रोम र फायरफक्स दुवैमा काम गर्छ।
विज्ञापन आउन नदिनः
लोकेसन र ब्राउजिङ हिस्ट्रीको मद्धतबाट फेसबुकले विज्ञापन देखाउँछ। क्रोम एक्सटेन्सनबाट फेसबुकमा आउने विज्ञापन पनि रोक्न सकिन्छ। फेसबुक एडब्लक एक्सटेन्सन डाउनलोड गरेर इन्स्टल गरेपछि त्यहाँ आउने विज्ञापन रोक्न सकिन्छ।