प्रयोगकर्ताले बोलेका कुरा आफैं टाइप हुने गुगलको सेवा नेपाली भाषामा पनि उपलब्ध भएको छ। सोमबार गुगलले यो सेवामा नेपालीसहित ३० भाषा थप गरेको हो। प्रयोगकर्ताले बोलेका कुरा स्वतः टाइप हुने गुगलको सेवा नेपाली भाषामा पनि उपलब्ध भएको छ।
सोमबार गुगलले यो सेवामा नेपालीसहित ३० भाषा थप गरेको हो। गुगल किबोर्ड एप, 'जीबोर्ड (Gboard)' मार्फत् यो सुविधा प्रयोग गर्न सकिन्छ। यो गुगल एन्ड्रोइड किबोर्ड हो, जसमा आफूले बोलेका कुरा टाइप हुनेछन्।
यसबाट अब कुनै म्यासेज पठाउन वा फेसबुक, ट्विटर जस्ता सामाजिक संजालमा स्टाटस राख्न टाइप गरिरहन पनि पर्दैन। यो सेवा अन्य धेरै भाषामा पहिले नै उपलब्ध भए पनि नेपालीमा थिएन।
कम्पनीले ११९ भाषामा अब यो सेवा दिने भएको हो। गुगल प्ले स्टोरमा गएर गुगल किबोर्ड एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सकिनेछ। गु
गलले सोमबार यो सेवामा थपेका भाषा यी हुन्ः
- Amharic (Ethiopia)
- Armenian (Armenia)
- Azerbaijani (Azerbaijani)
- Bengali (Bangladesh, India)
- English (Ghana, Kenya, Nigeria, Tanzania)
- Georgian (Georgia)
- Gujarati (India)
- Javanese (Indonesia)
- Kannada (India)
- Khmer (Cambodian)
- Lao (Laos)
- Latvian (Latvia)
- Malayalam (India)
- Marathi (India)
- Nepali (Nepal)
- Sinhala (Sri Lanka)
- Sundanese (Indonesia)
- Swahili (Tanzania, Kenya)
- Tamil (India, Singapore, Sri Lanka, Malaysia)
- Telugu (India)
- Urdu (Pakistan, India)