भारतमा डिटल कम्पनीले देशकै सस्तो फोन सार्वजनिक गरेका छ। भारतीय समाचारमाध्यम अनुसार यसको मूल्य ४७९ रुपैयाँ पर्ने कम्पनीले बताएको छ। हाल यो फोन भारतको एक अनलाइन साइटबाट किन्न सकिनेछ। सेप्टेम्बरबाट बजारमा बिक्रीका लागि ल्याइने कम्पनीको भनाइ छ।
कम्पनीका फाउन्डर योगेश भाटियाले डिसेम्बरसम्ममा १० लाख वटा फोन बेच्ने लक्ष्य राखेका छन्। जोसँग हाल कुनै फोन छैन वा स्मार्टफोन किन्न सक्दैनन्, उनीहरुका लागि विशेषगरी यो ल्याइएको उनले बताएका छन्।
१.४४ इन्च मोनोक्रोम डिस्प्ले भएको यो फोनमा ६५० एमएएच पावरको ब्याट्रि छ। एक सिम लाग्ने यसमा टर्च, एफएम रेडियो र स्पीकरका साथै भाइब्रेसन मोड छ।