गुगलले आफ्नो नयाँ अपरेटिङ सिस्टम ‘एन्ड्रोइड ओ’ जारी गरेको छ। कम्पनील सदाझैं खानेकुराकै नाम यसलाई दिएको छ, ओरियो।
यो अपरेटिङ सिस्टम नेक्सस ५ एक्स, नेक्सस ६ पी, नेक्सस प्लेयर, गुगल पिक्सेल, गुगल पिक्सेल एक्स्ट्रा लार्ज र गुगल पिक्सेल सी मोडलका लागि उपलब्ध हुनेछ।
‘एन्ड्रोइड ओ’ मा निकै रोचक सुविधा छ। यसमध्ये एक हो, पिक्चर इन पिक्चर। यसबाट स्मार्टफोनमा कुनै भिडियो हेर्दा हेर्दै अरु काम गर्न सकिनेछ। यसले ब्याट्रिको क्षमता बढाइएको छ भने ब्लुटुथ अडियो सिस्टममा पनि सुधार गरिएको छ।
यो सिस्टम रोलआउट हुन केही समय लाग्ने कम्पनीले जानकारी दिएको छ।