एलजीले बजारमा लामखुट्टेबाट जोगिन टेलिभिजनको नयाँ प्रविधिको टेलिभिजन ल्याएको छ।
सास फेर्दा हावामा फ्याकिने कार्बनडाईअक्साइड महसुस हुनासाथ लामखुट्टेहरु मानिसमा आकर्षित हुने भएकाले यी टेलिभिजनहरुमा ध्वनी सम्वन्धी उपकरणहरु जडित छन् जसले चालु हुनासाथ लामखुट्टेको महसुस गर्ने शक्तीलाई अशक्त बनाउने कम्पनीले जनाएको छ।
टिभीको ध्वनी तरंगले कुनैपनि विकीरणहरु उत्पादन नगर्ने भएकाले योे हानिकारक नभएको एलजीले स्पष्ट पारेको छ। लामखुट्टे धपाउने उक्त ध्वनी नसुनिने, नदेखिने र गन्धहीन रहेको छ। विश्वका संस्थाहरुको मापदण्ड बमोजिम पूर्णरुपले यस्ता टिभी सुरक्षित रहेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार यदी लामखुट्टे नआउने अवस्था रहेमा भने टेलिभिजनलाई स्ट्यान्ड बाइ मोडमा राख्न पनि सकिन्छ जसले यसको अन्य कार्यसञ्चालनमा कुनै अवरोध पुग्ने छैन। यो आश्चर्यचकित गुणका अलवा सर्वश्रेष्ठ गुणस्तरीय चित्रका लागि ४३ इन्चका टिभीमा एचडी १०८० पिक्सल कायम गरिएको छ।
टिभीमा २० वटा शक्तिशााली ध्वनी यन्त्र जडान गरिएको र बनोट पातलो काँचको धारजस्तो धातुले सजाइएको छ। यस्तो टेलिभिजन जोडेपछि लामखुट्टेका लागि उपभोक्ताले किन्ने धुपहरु, रसायन तत्वमा पैसा बचत भई लाभान्वित हुने कम्पनीको विश्वास छ।