भारतीय मोबाइल फोन उत्पादक कम्पनी माइक्रोम्याक्सले चार नयाँ फोन नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले एक्स ७३०, एक्स ७४०, क्यु ३००१ र क्यु ३३०१ मोडलका चार फोन साजर्वजनिक गरेको हो।
माइक्रोम्याक्सको नेपालका लागि वितरक पशुपति ट्रेड लिङ्कका मार्केटिङ म्यानेजर धिरेन्द्र कुशुवाहले कम्पनीले सस्तो मूल्यमा उत्कृष्ट विशेषता समेट्दै फोनहरु ल्याउने गरेको बताए।
के छन् त ति फोनका विशेषता ?एक्स ७३०
सार्वजनिक गरिएका मध्ये यो मोडलमा २.४ इन्चको स्कृन, डिजिटल क्यामरा, ८ जीबीसम्म बिस्तार गर्न सकिने मेमोरी, दुई सिम, १३०० एमएएचको ब्याट्री र अतिरिक्त फिचरको रुपमा वायरलेस एफएम रेडियो, भ्वाइस कल रेकर्डिङ, म्यूजिक प्लेयर तथा भिडियो प्लेयर रहेका छन्। यसको बजार मूल्य एक हजार ८ सय ९२ रुपैयाँ तोकिएको छ।
एक्स ७४०
यस मोडलमा २.४ इन्चको स्कृन अगाडि र पछाडि भिजीए क्यामेरा, बिस्तार गर्न सकिने मेमोरी, दुई सिम, १८०० एमएएचको ब्याट्री र अतिरिक्त फिचरको रुपमा वायरलेस एफएम रेडियो, म्यूजिकप्लेयर तथा भिडियो प्लेयर रहेका छन् । यसको मूल्य २ हजार ३५ रुपैयाँ रहेको छ।
क्यु ३००१
यस फोनमा १.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर, ५१२ एमबीको र्याम तथा ४ जिबीको रोम राखिएको छ। यसमा एन्ड्रोइड मार्समैलो ६.० अपरेटिङ सिस्टम राखिएको छ। यो फोनमा ५ मेगापिक्सेलको उच्च रिजोलुशनको क्यामेरा, सेल्फीका लागि २ मेगापिक्सेलको क्यामेरामा छ।
यसमा ४.० इन्चको एफडब्लूभीजीए डिस्प्ले र ब्लूटूथ रहेको छ। थ्रीजी सपोर्ट गर्ने यस फोनमा १४०० एमएएच क्षमताको ब्याट्री समावेश गरिएको छ । फोनको अधिक सुरक्षाका लागि यसमा फिलिप कभर निशुल्क दिईने कम्पनीले जनाएको छ। यस फोनको मूल्य ५ हजार ६० रुपैयाँ तोकिएको छ।
क्यु ३३०१
यस मोडलको फोनमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर, ५१२ एमबीको र्याम तथा ४ जीबीको रोम राखिएको छ। एन्ड्रोइड मार्शमैलो ६.० अपरेटिंग सिस्टमको
यो फोनमा पछााडि तर्फको क्यामेरा ५ मेगापिक्सेलको तथा सेल्फीका लागि २ मेगापिक्सेलको क्यामराका रहेको छ।
४.५ इन्चको एफडब्लूभीजीए डिस्प्ले भएको फोनले थ्रीजी सपोर्ट गर्दछ। १६५० एमएएचको ब्याट्री भएको यस फोनको खरिदमा ब्याक कभर निशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। फोनको मूल्य ५ हजार ७ सय २० रुपैयाँ कायम गरिएको छ।