एचटिसीका तीन स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ। बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्सले एचटिसी डिजायर ६५०, एचटिसी डिजायर १० प्रो र एचटिसी यु ११ बजारमा सार्वजनिक गरेको हो।
एचटिसी डिजायर ६५० को मूल्य १७ हजार ८२५, एचटिसी डिजायर १० प्रोको मूल्य २९ हजार ९०० तथा एचटिसी यु ११ को ७९ हजार ९९९ तोकिएको छ।
एचटिसी डिजायर ६५० निलो रंगमा उपलब्ध छ भने एचटिसी डिजायर १० प्रो गोल्डेन ब्ल्याक रंगमा उपलब्ध छ। त्यस्तै, एचटिसी यु ११ ब्ल्याक र रेड कलर अप्सनमा उपलब्ध छ। दसैँ र तिहारको अवसरमा ग्राहकहरुले प्रत्येक एचटिसी फोनहरुको खरिदमा चाँदीको सिक्का निशुल्क पाउने कम्पनीले जनाएको छ।
कस्ता छन् त भित्रिएका स्मार्टफोन ?एचटिसी डिजायर ६५०
एचटिसीको डिजायर ६५० सिरिज सन् २०१७ मा सुरु भएको हो। जसमा नयाँ डिजाईन र सुविधाहरु राखिएको छ। यसको मुख्य विशेषता भनेको ५.० इन्चको आईपिएस एलसीडी क्यपासीटीभ टचस्क्रिन हो।
यसमा क्वाड कोर १.६ गीगाहर्ज, ३२ जीबीको रोम र ३ जीबीको र्याम राखिएको छ। दुई सिम लाग्ने, १३ मेगापिक्सेलको मुख्य क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ। झिक्न नमिल्ने ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, पानोरामा तथा मार्शमैलो अपरेटिङ सिस्टम मोबाइलका विशेषता हुन्।
एचटिसी डिजायर १०
यो फोनमा १.८ गीगाहर्जको अक्टा कोर प्रोसेसरयुक्त रहेको छ। यसमा ४ जीबीको र्याम राखिएको छ। फोनमा आन्तरिक स्टोरेज ६४ जीबीको छ भने फोटोका लागि २० मेगापिक्सेलको मुख्य क्यामरा तथा १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ।
एचटिसी डिजायर १० मा दुई सिम प्रयोग हुन्छ भने ननरिमुभवेल ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर, पानोरामा, फिंगर प्रिन्ट तथा एन्टि सेक युक्त छ।
एचटिसी यू ११
यो फोन ५.५ इन्चको सूपर एलसिडी क्यापासिटिभ टच स्कृन डिस्प्ले युक्त रहेको छ। फोन अक्टा कोर प्रोसेसर युक्त रहेको छ, भने ६ जीबीको र्याम १२८ जीबीको आन्तरिक स्टोरेज क्षमता रहेको छ। १६ मेगापिक्सेलको मुख्य क्यामरा, १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको फोन ७.१ भर्सनको एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित छ।
३,००० एमएएचको ब्याट्री पावर रहेको छ। एचटिसी यू ११ नूगटको फिचर सहित आउँछ भने यसमा स्न्यापड्रागन ८३५, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर र पानोरामा रहेको छ।