सामसङले दुई रियर क्यामेरा भएको आफ्नो पहिलो फोन ‘नोट एट’ हालै सार्वजनिक गरेको थियो। तर अब भने उसले आफ्नो सम्पूर्ण ध्यान दुई रियर क्यामेरा भएका फोनमा केन्द्रित गर्ने देखिएको छ।
कम्पनीले दुई रियर क्यामेरा भएको दोस्रो फोन ‘ग्यालेक्सी जे सेभन प्लस’ लाई थाइल्याण्डमा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको यस फोनमा एफ/१.७ अपेचरसहित १३ मेगापिक्सेलको लेन्स तथा ५ मेगापिक्सेलको लेन्स भएको दुई रियर क्यामेरा तथा एलइडी फ्ल्यास समावेश गरिएको १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।
त्यस्तै फोनमा ५.५ इन्चको फुल एचडी सुपर एमोलेड डिस्प्ले रहेको छ भने मिडियाटेक हेलियो पी२० चिपसेट रहेको छ। ४ जीबी र्याम समावेश गरिएको फोनमा मेमोरी कार्ड मार्फत २५६ जीबीसम्म बढाउन मिल्ने ३२ जीबी इन्टरनल स्टोरेज रहेको छ।
त्यस्तै फोनमा ३ हजार एमएएच क्षमताकोे ब्याट्री भएको यस फोनको मूल्य १२ हजार ९०० थाई भाट अर्थात ३९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।
फोन अन्य बजारमा भने कहिलेबाट उपलब्ध हुने हो भन्ने खुलाइएको छैन।