युट्यूबको निकै उपयोगी एक साइट बन्द हुने भएको छ। युट्युबबाट कुनै पनि भिडियोलाई अडियो बनाएर डाउनलोड गर्न सकिने सुविधा दिने साइट YouTube-MP3.org बन्द हुने भएको हो।
यो सुविधा निःशुल्क हुनुका साथै तीव्र थियो। जसकारण कुनै पनि भिडियो तुरुन्त अडियो बनाएर राख्न सकिन्थ्यो।
प्रविधि सम्बन्धी समाचारमाध्यमका अनुसार क्यापिटल रेकर्डस्, वार्नर ब्रोज रेकर्डस् र सोनी म्यूजिक इन्टरटेन्टमेन्टले गत वर्ष यो साइटविरुद्ध मुद्दा हालेका थिए। हाल आएर कम्पनीले सो साइट बन्द गर्न सहमत भएको हो।
साइटले यी तीनमध्ये एक कम्पनीलाई आफ्नो डोमेन हस्तान्तरण गर्ने सहमति पनि गरेको छ।