जापानको इलेक्ट्रिक कम्पनी शार्पले विश्वकै पहिलो ‘8K’ टिभी सार्वजनिक गरेको छ। ‘आक्वोस् 8K’ नाम दिएको यो टिभी आगामी वर्षदेखि बिक्री गरिने कम्पनीले जनाएको छ।
प्रविधि सम्बन्धी समाचारमाध्यमका सबैभन्दा पहिले यी टिभी यूरोपमा बेचिनेछन्। ७० इन्च स्क्रिन भएको यो टिभीमा ७६८० X ४३२० पीक्सेलका आठ प्यानल छन्।
यसमा एलसिडि स्क्रिन भए पनि एलइडि ब्याकलाइटिङ छ। करिब साढे ४२ किलोको यो टिभीको मूल्यबारे हालसम्म कम्पनीले कुनै जानकारी दिएको छैन।
8K टिभी 4K भन्दा चार गुणा र १०८० एचडीभन्दा सोह्र गुणा राम्रो हुन्छ।