एलइडी टिभी निर्माता कम्पनी स्काइवर्थले महान पर्व दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘दसैँ हुन्छ वर्थफुल उपहार छ भरपुर’ योजना सार्वजनिक गरेको छ।
यस उपहार योजनाअन्तर्गत ग्राहकले टिभी, वासिङ मेसिन, एयर कन्डिसनर र भ्याकुम क्लिनरको हरेक खरिदमा ३१ हजार ८ सयदेखि १ हजार ७९० सम्मका विभिन्न इलेक्ट्रोनिक सामानहरु ‘स्योर सट’उपहारका रुपमा प्राप्तगर्न सक्ने कम्पनीको दावी छ।
यो योजना भदौ २० गतेबाट सुरु भई छठ पर्वका दिनसम्म मात्र सीमित रहने बताइएको छ।