काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा ‘दसैँ तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजनासहितको मेला सुरु भएको छ।
बिहिबारबाट सुरु भएको यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइल रहेका छन्। ताम्राकार मोबाइल बजारले मेलाअबधी भर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको कम्प्लेक्सका सचिव गुरुदत्त शर्माले जानकारी दिए।
सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको उनले बताए। लेनेभोको सबै मोडलका मोबाइलको खरिदमा ३० प्रतिशत छुटको ब्यवस्था गरिएको उनको भनाइ छ।
ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका विभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध भएको बताउँदै कोषाध्यक्ष अनिल ढकालले दसैँका बेला आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि उपभोक्ताले पाउने हुँदा डबल फाइदा पुग्ने उल्लेख गरे।