दक्षिण कोरियाली कम्पनी एलजी विश्व प्रसिद्ध ब्राण्ड हो। विशेषत ‘होम एप्लायन्स’ उत्पादनमा विश्वमा मात्र नभएर नेपालमै पनि एलजीले राम्रो स्थान ओगटेको छ। एलजीलाई नेपालमा चौधरी ग्रुपले आधिकारिक रुपमा वितरण गर्दै आएको छ।
नजिकँदै गरेको दशैँमा नयाँ टिभी किन्ने धेरैको सोच हुन्छ। दशैँ लगायतका पर्वलाई लक्षित गरेर अन्य कम्पनीलेझै एलजीले पनि आकर्षक स्किम तथा अफर ल्याएको छ।
हाल बजारमा एलजीका १९ हजार ९ सय ९० रुपैयाँदेखि ८ लाख ७६ हजार ६ सय ९० पर्ने टिभीहरु उपलब्ध छन्। मार्केटिङ तथा ब्राण्ड व्यवस्थापक आस्तीक रानाभाटले एलजी विश्वनीय ब्राण्ड भएकाले नै नेपालमा एलजीका सामानहरु रुचाइएको बताए।
उनले भने, ‘एलजीका सामानहरु प्रति ग्राहक सुन्तुष्ट हुनुहुन्छ। गुणस्तरीय, समय अनुकुल प्रविधि, धेरै भेरियन्ट तथा सहज उपलब्धता जस्ता कारणले पनि एलजी नेपालमा नम्बर एक ब्राण्ड बन्न पुगेको छ।’
रानाभाटले बजारमा मध्यम रेन्जका टिभीहरु धेरै विक्री हुने जानकारी दिए। उनले हरेक टिभीको खरिदमा मोडल अनुसार २ वर्षसम्मको वारेन्टी दिइएको बताए।
एलजीको कति इन्चको टिभीको मूल्य कति, अफर मूल्य सहित ?
मोडल |
प्रकार |
इन्च |
अरु बेलाको मूल्य |
अफरपछिको मूल्य |
एलबी ४५१ए |
एलइडी |
२० |
१९,९९० |
१७,३६० |
एलएफ४५०ए |
एलइडी |
२२ |
२३,९९० |
२०,३९० |
एलएच४५४ए |
एलइडी |
२४ |
२६,९९० |
२२,२९० |
एलएच५१०ए |
एलइडी |
३२ |
३९,९९० |
३३,५९० |
एलजे५२३डी |
एलइडी |
३२ |
५१,५९० |
३५,९९० |
एलजे५२५डी |
एलइडी |
३२ |
५३,२९० |
३७,३९० |
एलएच५४१टी |
एलइडी |
४३ |
७४,९९० |
६२,९९० |
एलएच५४१टी |
एलइडी |
४९ |
१,०९,९९० |
९१,९९० |
एलएच५४५टी |
एलइडी |
५५ |
१,३४,९९० |
१,११,७९० |
एलएच६०४टी |
स्मार्ट |
३२ |
६४,९९० |
५०,३९० |
एलजे६१टी |
स्मार्ट |
४३ |
९२,९९० |
७६,९९० |
एलएच६००टी |
स्मार्ट |
४९ |
१,२९,९९० |
१,०७,६९० |
एलएच६००टी |
स्मार्ट |
५५ |
१,७८,५९० |
१,४९,७९० |
युएच६५०टी |
युएचडी/फोरके |
४३ |
१,४१,६९० |
१,१२,९९० |
युएच६५०टी |
युएचडी/फोरके |
४९ |
१,७६,२९० |
१,४४,९९० |
एसजे८५०टी |
युएचडी/फोरके |
५५ |
३,२७,९९० |
२,७३,३९० |
एसजे८५०टी |
युएचडी/फोरके |
६५ |
४,५९,९९० |
३,८५,२९० |
युएच९९५टी |
युएचडी/फोरके |
८६ |
१,८७,९९० |
१,५८,५९० |
बी६टी |
ओलेड/फोरके |
५५ |
६,४७,९९० |
५,५६,२९० |
सी७टी |
ओलेड/फोरके |
५५ |
६,४७,९९० |
५,५६,२९० |
सी७टी |
ओलेड/फोरके |
६५ |
८,७६,६९० |
७,३९,३९० |
दशैँ तथा तिहारमा खरिद गर्दा यस्ता उपहार पनिःरानाभाटका अनुसार एलजीले दसैँ तिहार तथा छठको अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने नाराका साथ सामान खरिदमा उपहार तथा ३० प्रतिशतसम्मको छुट योजना ल्याएको छ।
एलजीका हरेक सामाग्रीहरुको खरिदमा उपहार पर्ने तथा ३० प्रतिशत सम्मको छुट दिइएको छ। एलइडी टिभीको खरिदमा दुई वर्षसम्मको फूल वारेन्टी दिइएको उनले बताए।
कम्पनीका अनुसार सबै ओलेड टिभीहरु र ६० इन्चभन्दा माथिका युएचडि टिभीमा ३७ हजार ९९० मूल्य पर्ने एसएचपाईभ साउण्ड बार, ४९ र ५५ इन्च युएचडि टिभीमा १५ हजार ९० रुपैयाँ पर्ने म्युजिक फ्लो उपहारस्वरुप राखिएको छ।
४३, ४९ र ५५ इन्चका स्मार्ट टिभीहरुमा ११ हजार ५९० रुपैयाँ पर्ने एलएच ६४ बि अडियो सिस्टम तथा ४३ स्मार्ट र ४३ इन्चभन्दा माथिका नर्मल एलइडी टिभीहरुमा ७ हजार १९० पर्ने पिएचवान ब्लुटुथ स्पिकर पक्का उपहार प्राप्त गर्न सकिने छ।