ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा अबलोककर्ताको उल्लेखनीय भीड लागेको छ।
‘दसैँतिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ स्लोगन दिई मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए।
मेलामा हालसम्म ७ करोड ५० लाख भन्दा बढीको कारोबार भइसकेको संघले जनाएको छ। मेलामा लक्की ड्र मार्फत २० भन्दा बढी स्मार्ट फोन, पावर बैंक, ब्लुतुथ, हेडफोनको बितरण गरिएको ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए।
असोजको पहिलो हप्ताबाट दैनकि ब्यापार अहिलेको भन्दा ३ गुणाले बढ्ने संघका सचिब गुरुदत्त शर्माको दाबी छ।
बम्पर उपहार स्वरुप प्रदान गरिने एउटा मोटरसाइकल र एउटा स्कुटरको लक्की ड्र छठ सकिने बित्तिकै वितरण गरिने छ भने एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिनेछ।