गुगलविरुद्ध तीन जना महिला कर्मचारीले मुद्दा हालेका छन्। समान काम गर्ने भए पनि पुरुष कर्मचारीको तुलनामा आफूहरुलाई कम पारिश्रमिक दिएको भन्दै उनीहरुले मुद्दा हालेका अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।
गत मंगलबार क्यालिफोर्निया अदालतमा दायर गरिएको मुद्दामा गुगल समान पारिश्रमिकको मापदण्डबारे जानकार भए पनि व्यवहारमा उतार्न नसकेको आरोप छ।
विश्वकै अग्रणी प्रविधि कम्पनीमै समान पारिश्रमिक मापदण्ड लागू नहुनु लज्जास्पद भएको विश्लेषकहरुको भनाइ छ।
विधिमा जति नै अघि बढे पनि महिला कर्मचारीको हकमा गुगल २१ औं शताब्दीमै प्रवेश गर्न नसकेको मुद्दामा संलग्न वकिल केली एम डरमोडीले बताएका छन्।
गुगलले भने यो आरोप अस्वीकार गरेको छ।