एप्पलले हालै मात्र सार्वजनिक गरेको आइफोन ‘एट’ र ‘एट प्लस’ का व्याट्रीमा समस्या देखा पर्न थालेको छ। यी दुई फोनहरुमा प्रयोग भएको ब्याट्रीमा फुल्ने समस्या देखिन थालेको हो।
यसअघि ताइवानकी एक प्रयोगकर्ताले फोन चार्ज गर्दा ब्याट्री फुलेको अनभुव गरेपछि सो तथ्य बाहिर आएको हो।
उनले खरिद गरेको ६४ जीबी भेरियन्टको रोज गोल्ड कलरको आइफोन एट करिब ३ मिनेट चार्जमा राखेपछि फोनको अघिल्लो भाग फुलेको थियो।
त्यसलगत्तै जापान, चीन, क्यानाडा र ग्रिसमा समेत आइफोनका ब्याट्रीमा समस्या आएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
एप्पलले भने आइफोनका ब्याट्रीमा देखापरेको समस्याका बारेमा अनुसन्धान थालिएको बताएको छ।
एप्प्लले दशौँ वार्षिककोत्सवको अवसर पारेर यस वर्ष तीन फोन एट, एट प्लस र एक्स सार्वजनिक गरेको थियो। यी मध्ये ‘एट’ र ‘एट प्लस’ को बिक्री गत सेप्टेम्बर २२ देखि खुला गरिएको थियो भने एक्सको भने यसै महिनाको २७ तारिखबाट अनलाइन बुकिङ आरम्भ हुँदैछ।
गत वर्ष नोट सेभेनमा ब्याट्री पड्किने, फुल्ने जस्ता समस्या देखा परेपछि सो मोडल बजारबाट कम्पनीले फिर्ता लगेको थियो।