प्राविधिको प्रयोगलाई बढाएर ग्राहकलाई सुलभ सेवा दिने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनीले मोबाइल एप संचालनमा ल्याएको छ।
यस मोबाइल एपबाट बीमाको बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। मोबाइल एप मार्फत ग्राहकले बीमा गर्न चाहेका सम्पत्तिहरुको बीमा शुल्क गणना गर्नुका साथै विभिन्न प्रकारका बीमा लेखहरुका बारेमा जानकारी प्राप्त गर्न सक्ने छन्।
बीमा लेखले गर्ने जोखिम बहनका बारेमा जानकारी लिन सक्ने व्यवस्था समेत एपमा रहेको छ। निकट भविष्यमा यस एनएलजी एपबाट सम्बन्धित ग्राहकले आफ्नो बीमालेखको दाबी भुक्तानी प्रकृयाका बारेमा समेत थप जानकारी पाउने बताइएको छ।
उक्त एप गुगल प्लेमा गई NLG Apps Download गरी प्रयोगमा ल्याउन सकिने बताइएको छ।