इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटले तिहारको अवसर पारेर छुट अफर ल्याएको छ। भायोनेटले ‘तिहारको लहर भायोनेटको अफर’ नाम दिएर सार्वजनिक गरेको यसअन्र्तगत इन्टरनेट जडान गर्दा छुट पाइने भएको हो।
अफर अन्र्तगत १२ महिनाको इन्टरनेट जडान गर्दा थप दुई महिना तथा ६ महिनाको गर्दा एक महिना निशूल्क इन्टरनेट सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीकी जिनी मर्हजनले सो छुट दिइएको बताइन्। साथै यस अफर रहुन्जेलसम्म केवल (तार) को समेत कुनै शूल्क नलाग्ने उनले जनाइन्।
यस अफरमा प्रति महिना शूल्क एक हजार रुपैंयाँ रहेको छ। यसबाहेक ६ एमबिपिएस स्पिडको प्याकेज लिँदा प्रतिमहिना करबाहेक १०९९ रुपैयाँ, १२ एमबिपिएसको १२५० तथा ३० एमबिपिएसको १४५० रुपैयाँ शुल्क लाग्ने गर्दछ।
यो अफर भाइटिकासम्म रहने कम्पनीले उल्लेख गरेको छ।