भियतनामबाट आएको चार्टर्ड विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दिउँसो सवा १ बजे भैरहवा पुगेको विमानस्थलले जनाएको छ।
चार्टर्ड विमान दुई जना यात्रु बोकेर भैरहवा पुगेको विमानस्थलका प्रवक्ता श्याम किशोर शाहले बताए। प्रवक्ता शाहकाअनुसार अबको चार दिनसम्म उक्त चाटर्ड विमान भैरहवा विमानस्थलमा पार्किङमा बस्नेछ।
यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा २८ वैशाखमा भारतीय सेनाको जहाज सुरक्षाकर्मी लिएर भैरहवा आएको थियो।
त्यस्तै जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गरिरहेको छ।